१३ माघ, नवलपरासी । महिला कामदारलाई यौनधन्दामा लगाएको आरोपमा नवलपरासी प्रहरीले गेष्टहाउस सञ्चालकलाई पक्राउ गरेको छ ।
बर्दघाट नगरपालिका-१० ग्लोबल चोकको माउन्टेण्ट गेष्टहाउसका सञ्चालक किसन सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।
बर्दघाट नगरपालिकाका गेष्ट हाउसमा छापा हान्दा सञ्चालकले नै कामदारलाई यौन्धन्दामा लगाएको पाइएको सूचना अधिकारी थापाले बताए ।
प्रहरीले छापा हान्दा गेष्टहाउसमा दुईजना महिला पनि आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।
पक्राउ परेका महिलाहरुले गेष्टहाउस सञ्चालकले खाना पकाउन, भाडा माझ्ने काम गर्न भनेर ल्याएर जबरजस्ती यौनव्यवसायमा लाग्न बाध्य बनाएको बयान दिएको डीएसपी थापाले बताए ।
गेष्टहाउस सञ्चालकमाथि मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको डीएसपी थापाले जानकारी दिए ।

from Online Khabar http://bit.ly/2S8H1pZ
via IFTTT
No comments:
Post a Comment