१३ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डा. गोविन्द केसीले अनसन फिर्ता लिए उनकै गरिमा बढ्ने बताएका छन् ।
आइतबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले भने ‘यो विधेयक उहाँको पनि योगदानको कारणले पास भएको छ, र अब अर्को शैक्षिक सत्रलाई हेर्दाखेरि विधेयक पास गर्न ढिला भएको छ, म त अघिल्लो वर्ष चैत्रमा आएर यो लिएर आएको थिएँ । त्यतिखेर एउटा राम्रो सम्वाद हुन सकेन ।’
मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित हुनु ठूलो उपलब्धी भएको दावी गरे । ‘यो सर्वाधिक ठूलो उपलब्धिलाई अब राष्ट्रिय सभाबाट पारित गरेर चाँडो ऐन बनाएर चाँडो कार्यान्वयन गर्नुपर्यो । अहिले हामी माघमा छौं । फागुन, चैत्र र बैशाखभित्र हामीले यी सबै आयोग, निर्देशानालयहरु गठन गरेर अनि साझा परीक्षा प्रणाली गर्नेगरि अघि बढ्नुपर्नेछ ।’
मन्त्री पोखरेलले विधेयक संसदबाट विधि र प्रक्रियाको आधारमा पारित भइसकेकोले यसको विरोध गर्न नहुने जिकिर गरे ।
उनले डा. केसीलाई तत्काल अनसन स्थगन गर्न पनि आग्रह गरे । ‘संसदको एउटा प्रक्रियामा गएर विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्ने भनिसकिएपछि उहाँले यही बेलामा अनशनको बाटो किन पक्रिनुभयो ? अचम्म लागेको छ । म अनुरोध गर्न चाहन्छु जनप्रतिनिधि संस्थाको सर्वोच्चतालाई ध्यान दिँदै र सम्मान गर्दै उहाँले अनसन फिर्ता लिइदिनुपर्छ ।’
from Online Khabar http://bit.ly/2DDf41D
via IFTTT
No comments:
Post a Comment