स्पेन/ स्पेन नेपाली राजदूतावासमा पहिलो नेपाली राजदूत भरतबहादुर रायमाझी अन्तत स्वदेश फर्किएका छन्। तीन हप्ताभित्र नेपाल फर्किनु पर्ने सरकारको निर्णय भएपनि उनी १० दिन ढिलो गरी शनिबार नेपाल फर्किएका हुन् ।
समयमा नै नेपाल नफर्किएपछि राजदूतले स्पेनमा नै शरण लिने इच्छा ब्यक्त गरेको भन्दै बिभिन्न संचार माध्यमहरुमा भ्रम फैलिएको थियो। तर, ढिलो गरी फर्कनु पर्ने कारण उनलाई राखिएको बिदाइ समारोहमा समेत खुलाएनन् ।
राजदूतावास स्रोत भन्छ, ‘उहाँलाई परराष्ट्र मन्त्रालयबाट तीन पटकसम्म ताकेता आयो समयमा नै फर्कनु भएन। उहाँले किन ढिलो गर्नु भयो त्यस्तो जानकारी दूताबासलाई छैन।’
दूतावासका प्रथम सचिव हरिहर कान्त पौडेल भन्छन्, ‘पौष ९ गते मन्त्रिपरिषदको निर्णय भएको हो,१२ गते पत्र आईपुग्यो त्यसको ३ हप्ताले पनि पौष ३० भित्र फर्कीसक्नु पर्ने हो। अरुलाई पद जिम्मा दिएर यहाँ बसीरहने भन्ने पत्रको आसय भने होइन।’
राजदूत रायमाझी तोकेको समयसिमा भित्र नेपाल नफर्किए पनि कार्यबाहकको जिम्मा भने पौडेललाई थमाए । दूतावासमा नपुगे पनि उनले गत डिसेम्बर १ देखि भाडामा लिएको राजदूत निवास प्रयोग गर्दै आएका थिए। यसअघि राजदूताबासमा नै राजदूत निवास रहेपनि डेढ महिना अघिदेखि रायमाझीले छुट्टै निवास लिएका थिए।
नेपाल सरकारले स्पेनमा खोलेको नयाँ नेपाली राजदूतावासका पहिलो राजदूत बनेर आएका रायमाझीको कुटनीतिक क्षमतामाथि प्रश्न उठ्दै आएको थियो । प्राय: राजनीतिक नियुक्ति अर्थात् दलीय भागबण्डाको आधारमा सरकारले राजदूत नियुक्ति गरेर पठाउने हुँदा दूतावासहरुमा समस्याहरु देखा पर्ने गरेका छन् ।
अझ भर्खर खोलिएको नयाँ दूतावासमा समेत राजनितिक नियुक्तिमा राजदूत पठाइदिंदा दूतावासले गति लिन सकेन। नेपाली सेनाका पूर्व जर्नेलसमेत रहेका रायमाझी तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजदूत सिफारिस भएका हुन् ।
राजदूत रायमाझी आर्थिक अनियमिताको बिबादमा समेत मुछिएका थिए । परराष्ट्र स्रोतका अनुसार नोभेम्बर पहिलो साता दूताबासमा एक अनुगमन टोली आएर फर्किएको थियो।
म बिरुद्द नियोजित भ्रामक प्रचारप्रचार भए : रायमाझी
स्पेन राजदूतावासका पहिलो राजदूत रायमाझीले आँफूलाई शरणार्थी बन्न लागेको भन्दै कपोकल्पित नियोजित हल्ला फैलाएको बताएका छन्। एनआरएनए स्पेनको क्षेत्रीय समिति म्याड्रिडले मंगलबार आयोजना गरेको बिदाइ समारोहमा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘हिजोआज शरणार्थी को हल्ला सुन्नु भयो त्यो मेरो दिमाखले कहिल्यै नसोचेको कुरा आयो। पत्रपत्रिकामा देखिएका सबै कुराहरु भ्रामक कुराहरु हुन्। नचाहिने कुरा राखेर सबै मान्छेको दिमाख खलबलाउने कुरा भए। यसमा कुनै कुराहरुको सत्यता छैन।’
आँफूलाई आर्थिक अनियमिता गरेको आरोप लागेको प्रति उनले खण्डन गरेका छन्। ‘ सेनाको पृष्ठभुमिबाट हुर्केको छु। त्यस्तो काम सेनामा सिक्दै सिकिदैन। थाहा पनि हुँदैन। भ्रामक प्रचारप्रचार नियोजित तरिकाले भएका छन्। यसमा कुनै सत्यता छैन।’
राज्यलाई बढी मात्रमा बोझ नहोस् भनेर दूताबासमा न्यूनतम खर्च गरेको दाबी समेत गरे। उनले भने, ‘एक बर्ष दूतावासमा काम गरे मैले बिहान उठे देखि बेलुकासम्म दूतावासको राम्रो बाहेक अरु केहि सोचिन।’
from Online Khabar http://bit.ly/2UjNpbG
via IFTTT
No comments:
Post a Comment