Sunday, February 3, 2019

पानी रोकियो, नेपाल र यूएईबीचको खेल केही बेरमा सुरु हुदै

२० माघ, काठमाडौं । नेपाल र यूएईबीचको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेल सुरु हुनु अघि नै परेको पानी रोकिएको छ ।

पानी रोकिएसँगै अब केही बेरमा टस हुनेछ । त्यसपछि खेल सुरु हुनेछ । तर ओभर भने छोट्याइने भएको छ । यसअघि निर्धारित समयभन्दा करिब एक घण्टाअघिदेखि चट्याङसहित पानी परेपछि खेलाडीले अभ्यास पनि गर्न पाएका थिएनन् ।
तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।
आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्दै सिरिज जित्ने लक्ष्यमा हुनेछ । यूएई पनि नेपाललाई पराजित गर्दै सिरिज जित्ने दाउँमा छ ।
यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।



from Online Khabar http://bit.ly/2UB1Xn9
via IFTTT

No comments:

Post a Comment