२० माघ, काठमाडौं । पाँच खेलको एक दिवसीय क्रिकेट सिरिजमा भारतले न्युजिल्यान्डलाई ४–१ ले जितेको छ ।
आइतबार सम्पन्न सिरिजको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ३५ रनले पराजित गरेसँगै सिरिज ४–१ ले आफ्नो पक्षमा पारेको हो ।
२५३ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा २१७ रन मात्रै बनाएपछि पराजित भएको हो । न्युजिल्यान्डका जेम्स निशामले ४४ र कप्तान केन विलियमसनले ३९ रन बनाए ।
यता भारतका लागि भने युजवेन्द्र चाहलले तीन विकेट लिए ।
यसअघि वेलिङटनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभर सकिन एक बल बाँकी छदा सबै विकेटको क्षतिमा २५२ रन बनाएको थियो । भारतका लागि अम्बाती रायडुले ९० रन बनाए । त्यस्तै विजय शंकर र हार्दिक पाण्ड्याले समान ४५–४५ रन बनाए ।
बलिङतर्फ न्युजिल्यान्डका मट हेनरीले चार विकेट लिएका थिए ।
from Online Khabar http://bit.ly/2D28Vum
via IFTTT
No comments:
Post a Comment