Friday, February 1, 2019

नेकपाको एकता प्रक्रिया चाँडै टुंगिन्छ : प्रधानमन्त्री ओली

१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको एकीकरण प्रक्रिया छिट्टै टुंगिने बताएका छन् ।

नेकपाका सांसदहरुसँग शुक्रबार बालुवाटारमा भएको छलफलमा उनले एकता प्रक्रिया नटुंगिदा अन्यौल भए पनि अब छिट्टै टुंगोमा पुग्ने आश्वासन दिएका हुन् ।

‘पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ’ नेकपाका अध्यक्षसमेत रहेका उनले भने ‘त्यसपछि पार्टीको नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।’

प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने, संसदहरुलाई विभिन्न बिषयमा प्रशिक्षित गरिने पनि बताए । उनले मन्त्रीहरुलाई साँसदसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गरे ।

‘कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुँदैनन्, त्यसका लागि सांसदमार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनताा पठाउने हो’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सांसदहरुलाई कुनै पनि विषय राम्रोसँग अध्ययन गरेर मात्र संसदमा प्रस्तुत हुन आग्रह गरे ।



from Online Khabar http://bit.ly/2S3sDA6
via IFTTT

No comments:

Post a Comment