Monday, February 4, 2019

भेनेजुएला प्रकरणमा नेकपाको अडान कायमै, बाह्य हस्तक्षेपको विरोध

२१ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएलाबारे आफ्नो अडान दोहोर्‍याएको छ ।

सोमबार बसेको सचिवालय बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या आए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने धारणा दोहोर्‍याएको हो ।

‘हाम्रो पार्टी संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहिआएको छ । हाम्रो पार्टी हरेक देशको सार्वैभौमसत्ता स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्दछ’ नेकपा बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ । हाम्रो पार्टी विश्वशान्ति र समझदारी र समृद्धिको पक्षमा छ ।’



from Online Khabar http://bit.ly/2DRfzVP
via IFTTT

No comments:

Post a Comment