Friday, February 1, 2019

सबै शाखाबाट सहुलियतपूर्ण कर्जा दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

१८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै शाखाहरुबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले परिपत्र जारी गरी सबै बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।  सरकारले जारी गरेको कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जा नपाएको भन्दै गुनासो आएपछि राष्ट्र बैंकले परिपत्र नै जारी गरेर आग्रह गरेको छ ।

सरकारले गत असोजमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ तयार गरी लागू गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो ।

कार्यविधिअनुसार इच्छुक र योग्य आवेदनकर्तालाई सबै शाखाबाट ऋण उपलब्ध गराउन वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन छ ।

कार्यविधि अनुसार व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्किएका युवा परियोजना कर्जा लगायतका सात वटा शिर्षकमा सर्वसाधारणले तीन लाखदेखि पाँच करोडसम्म ऋण लिनसक्नेछन् ।



from Online Khabar http://bit.ly/2sZdxgn
via IFTTT

No comments:

Post a Comment