२४ माघ, काठमाडौं । भारतविरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय सिरिजको लागि अष्ट्रेलियन क्रिकेट टिमको घोषणा भएको छ ।
क्रिकेट अष्ट्रेलियाले बिहीबार सार्वजनिक गरेको टिममा फाष्ट बलर मिचेल स्टार्क भने छैनन् । उनी घाइते भएका कारण बाहिर रहेका हुन् । उनको स्थानमा केन रिचर्डसनलाई बोलाइएको छ ।
रिचर्डसनले जारी बिग ब्यास क्रिकेटमा सर्वाधिक विकेट लिएका छन् ।
अष्ट्रेलियाले भारतसँग पाँच खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । त्यस्तै, तीन खेलको टी–२० सिरिज नि खेल्ने छ ।
अष्ट्रेलिया क्रिकेट टिम
आरोन फिन्च (कप्तान) , उम्मान खावजा, शाउन मार्स, पिटर हान्डस्कोम्ब, ग्लेन म्याक्श्वेल, एश्टोन टुर्नर, मार्कुस स्टोइनिस, एलेक्स करी, पट कुम्मिन्स, नाथन काउल्टर–नाइल, झय रिचार्डसन, केन रिचार्डसन जासन बेहरेन्डोफ, नाथन लियोन, एडम जाम्पा, डि’अर्ची शर्ट रहेका छन् ।
from Online Khabar http://bit.ly/2GfBoRz
via IFTTT
No comments:
Post a Comment