Thursday, February 7, 2019

निर्धारित अवधिभन्दा १६ महीना पहिल्यै बन्यो रातु पुल

२४ माघ, धनुषा ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रातु पुलको उद्घाटन गरेका छन् । पूर्व–पश्चिम राजमार्गको महोत्तरी र धनुषाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महीनापूर्व नै नयाँ पुल निर्माण सम्पन्न भएको हो ।

कूल २५० मिटर लम्बाइ र १०.९० मिटर चौडाइको यो पुल निर्माणको काम सकिएर साउनदेखि नै प्रयोगमा आइसकेको थियो । पूर्व–पश्चिम राजमार्ग र राजधानी काठमाडौँसँग जोड्ने यो पुल ‘लाइफलाइन’कै रुपमा रहेको छ । पूर्व–पश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा भासिएपछि आवतजावतमा कठिनाइ भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो ।

पुल रु २४ करोड ६० लाख बोलकबोलअनुसार निर्माण सम्पन्न भएको हो । कूल ६ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १०–१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्ने निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुङ्गेलले बताए।



from Online Khabar http://bit.ly/2HYUT2t
via IFTTT

No comments:

Post a Comment