Thursday, February 7, 2019

राष्ट्र बैंकले पाँच अर्बको रिपो बोलकबोल गर्दै

२४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार पाँच अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ ।

बैङ्कले आज एक सूचनामार्फत बोकबोल प्रक्रियामा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई आग्रह गरेको छ । पछिल्ला दिनमा बैंकले रिपो र ट्रेजरी बिलजस्ता आर्थिक उपकरणमार्फत तरलता प्रवाह गर्न लागेको छ ।

बिहीबार बोलकबोलबाट बिक्री हुन लागेको पाँच अर्ब बराबरको रिपो एक साताका लागि हुने छ । सो रिपोको अवधि आगामी फागुन २ गतेसम्मका लागि हुनेछ ।



from Online Khabar http://bit.ly/2GdkdA0
via IFTTT

No comments:

Post a Comment