२५ माघ, काठमाडौं । बिग ब्यास लिग क्रिकेटमा ब्रिसबेन हिटविरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने टिममा परेका छन् ।
टस हारेर पहिले ब्याटिङ गर्न लागेको मेलबर्न स्टार्समा सन्दीप पनि टिममा परेका हुन् । बंगलादेश प्रिमियर लिग र नेपाल र यूएईबीचको सिरिज खेलेर बिग व्यासका लागि अस्ट्रेलिया फर्किएका सन्दीपले आफ्नो टिमका लागि चार खेलबाट आठ विकेट लिइसकेका छन् ।
सन्दीपसँगै टिममा कप्तान ग्लेन म्याक्श्वेल, बेन डुन्क, मार्कुस स्टोइनिस, पिटर ह्यान्डस्कोम्ब, निक मडिन्सन, सेब गोट्च, ड्वायन ब्राभो, ज्याकसन विर्ड, ड्यानियल वोरल र एडम जाम्पा रहेका छन् ।
ब्रिसबेनको घरेलु मैदानमा हुने खेलमा मेलबर्नले जित हात पारेमा एक खेल अगाडि नै सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । तर पराजित भएमा अन्तिम खेलले मेलबर्नको सेमिफाइनल यात्रा टुंग्याउनेछ ।
मेलबर्न लिगको चौथो स्थानमा छ । लिगको छैटौ स्थानमा रहेको ब्रिसबेन हिटलाई भने आजको खेलमा जित हात पारेर मात्रै हुदैन । लगातार मेलबर्न पराजित भएमा मात्रै उसको सेमिफाइनल पुग्ने सम्भावना हुन्छ । त्यसकारण पनि आजको खेलमा मेलबर्नलाई पराजित गर्ने लक्ष्यमा ब्रिसबेन हिट रहेको छ ।
from Online Khabar http://bit.ly/2MWsNU4
via IFTTT
No comments:
Post a Comment