Wednesday, February 6, 2019

न्यूजील्यान्डसँग भारतको फराकिलो हार

२३ माघ, काठमाडौं । पहिलो टी-२० क्रिकेट खेलमा भारत घरेलु टोली न्यूजील्यान्डसँग फराकिलो अन्तरले पराजित भएको छ ।

तीन खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजील्यान्डले भारतलाई ८० रनले पराजित गरेको हो । वेलिङटनमा न्यूजील्यान्डले दिएको २२० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो ।

भारतका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेन । भारतका महेन्द्रसिंह धोनीले ३९, शिखर धवनले २९ र विजय शंकरले २७ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिएपछि भारतले फराकिलो हार ब्यहोरेको हो ।

बलिङतर्फ भने न्यूजील्यान्डका टिम साउथीले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजील्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१९ रनको विशाल योगफल तयार पारेको थियो । न्यूजील्यान्डका लागि ओपनर टिम सेर्फटले उत्कृष्ट ब्याटिङ गर्दै ४३ बलमा ८४ रन बनाए । उनले सात चौका र ६ छक्का प्रहार गरेका थिए ।

त्यस्तै कुलिन मुनरो र कप्तान केन विलियम्सनले समान ३४-३४ रन बनाए ।

जितसँगै न्यूजील्यान्डले तीन खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ ।



from Online Khabar http://bit.ly/2DXaWK1
via IFTTT

No comments:

Post a Comment