२३ माघ, बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अगामी आर्थिक वर्षभित्र प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने बताएका छन् ।
प्याब्सन प्रदेश २ को दोस्रो अधिवेशनको बुधबार महोत्तरीको बर्दिवासमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ लाई प्राविधिक शिक्षाको हब बनाउने योजना अनुरुप प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गरिने बताएका हुन् ।
प्राविधिक शिक्षालय सञ्चालनका लागि विधेयक तयार भइसकेको भन्दै मुख्यमन्त्री राउतले पारित हुने वित्तिकै शिक्षालय स्थापनाको काम सुरू हुने बताए ।
उच्च शिक्षा प्रदेश सरकारको मातहत हुने स्पष्ट व्यवस्था रहेपनि संघीय सरकारले सिटिईभिटीलाई प्रदेशमा हस्तान्तरण गर्न आनाकानी गरिरहेको उनले गुनासो समेत गरे ।
सम्बन्धित निकायको अस्पष्ट नीतिकै कारण मुलुकले शिक्षा लगायतको क्षेत्रमा प्रगति गर्न नसकेको उल्लेख भन्दै उनले प्रदेश सरकारले अब त्यस्तो हुन नदिने बताए ।
from Online Khabar http://bit.ly/2WNm1Vh
via IFTTT
No comments:
Post a Comment