१९ माघ, काठमाडौं । विना तार टिभि हेर्न सकिने प्रविधिमा कञ्चनस्काई डिजिटल वायरलेस टिभि आएको छ । यो प्रविधिलाई विश्वका धेरै देशहरुले प्रयोग गर्दै आएका छन् ।
प्रविधिका हिसावले सजिलो र भरपर्दो भएकै कारण यसको लोक पि्रयता बढदो छ । डीभीबी डिजिटल भिडियो ब्रोडकास्टीङको मापदण्डमा यो टिभि हेर्न सकिने भएकै कारण पछिल्लो अत्याधुनिक प्रविधिको रुपमा यसको उदय भएको हो ।
यो प्रविधि डीभीबी -एस२ -मोडुलेसनमा आधारित भएकोले यो सफल प्रविधि मानिन्छ । हाम्रो जस्तो विकासउन्मुख देेशमा वास्तबमै यस प्रविधिको खाचो थियो । सानो देश र भौगोलिक जटिलताका कारण शहर नजिकको एउटा अग्लो स्थानमा यसको प्रसारण केन्द्र स्थापना गर्दा सजिलै हरेक नेपालीहरुको घर घरमा डिस एन्टिनामार्फत उच्च स्तरीय गुणस्तरमा टि.भी. हेर्न सकिन्छ ।
नेपाल जस्तो सानो देशमा थुप्रै च्यानेलहरु स्याटेलाइमार्फत प्रसारण गर्दा र शहर भरि तारहरुमा ठूलो मात्रामा लगानी हुने हुँदा त्यसको विकल्पको रुपमा यो प्रविधिलाई लिन सकिन्छ ।
विना तार सजिलै हरेक नेपालीको घर-घरमा पुग्न सकिने र त्यति मर्मत गर्नु नपर्ने भएका कारण पनि यस प्रविधि आजको आवश्यक्ता भएको महसुस गरी यो प्रविधिको छनौटसेवा दिन सक्षम भएको कम्पनीले जनाएको छ
हरेक नेपालीहरुको घर-घरमा सहज सूचनाको पहुँच पुर्याउने उद्धेश्य र यहि संकल्पका साथ हामी नेपालमा कञ्चनस्काई डिजिटल वायरलेस टि.भि.मार्फत विभिन्न स्थानमा टावर स्थापना गरी १६० माथिका एस.डि, एच.डि र फोरके प्रविधिको गुणस्तरीय वारलेस टिभिसेवाका साथै स्थानीय रुपमा प्रशारण केन्द्र स्थापना गरी तार रहित सेवा संचालनको प्रयासमा लागिएको कम्पनी बताउँछ ।
यसका माध्यमबाट नेपालमा सबै बर्गका उपभोक्ता तथा समग्र नेपाली संचारको विकासमा टेवा पुर्याने विश्वास लिइएको छ ।
हाल भु-उपग्रहमार्फत प्रसारणमा रहेका नेपाली टेलिभिजनहरु र स्थानीय टेलिभिजनहरुलाई उच्च प्राथमिकतामा राखी ३० माथिका नेपाली टेलिभिजनहरु र थप अन्य विदेशी निःशुल्क र नेपाल सरकारबाट डाउन लिङक अनुमति लिएका च्यानलहरु नेपालीहरुको घरमा बिना कुनै मासिक शुल्क र सःशुल्क बेसिक एच.डि. जसमा १३० कुल च्यानल संख्या र एच.डि प्रिमियमजसमा कुल १६० च्यानल संख्या सहितको यो सेवा घर घरमा पुर्याउन लागिएको हो ।
नेपाली दर्शकहरुले यो फरक प्रविधिको मनोरञ्जन पूर्ण रुपमा न्यूनतम मासिक शुल्कमा लिन पाउने छन । यो प्रविधि तार रहित सेवा भएका कारण सुन्दर गाउँ,शहर निर्माणमा समेत यस प्रविधिले केहि हदसम्म सहयोग पुग्ने दावी कम्पनीको छ ।
यसको शुरुवात पनि नेपालको सुदुर पश्चिमको माहाकाली महेन्द्रनगर हुँदै हाल काठमाडौमा थप प्रशारण केन्द्रको स्वीकृत लिई केन्द्रबाट वायरलेस डिजिटल टि.भि. सेवा संचालनको थालनी भएको छ ।
निकट भविष्यमा यस कम्पनीले देश भरिनै सेवा विस्तार गर्ने लक्ष र उद्देश्य लिएको छ । साथै भविष्यमा अन्य प्रविधिको आगमन सँगसगै प्रविधि रुपान्तरण गर्दै जाने उद्धेस्य समेत रहेको छ ।
from Online Khabar http://bit.ly/2UG6Yev
via IFTTT
No comments:
Post a Comment