Friday, February 1, 2019

गोरखामा पशुको कृत्रिम गर्भाधान केन्द्र स्थापना

१८ माघ, गोरखा । गोरखा नगरपालिका–११ स्थित बाह्र किलोमा पशुको कृत्रिम गर्भाधान केन्द्र स्थापना गरिएको छ ।

गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत रहने गरी केन्द्र स्थापना गरिएको हो । केन्द्रको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे ।

मन्त्री थापाले उक्त क्षेत्रमा खशी बोका संकलन केन्द्र बनाउने योजना रहेको बताए । नश्ल सुधार कार्यक्रमलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउदै उनले कृषि हाट बजार स्थापना गर्ने योजना समेत रहेको जानकारी गराएका छन् ।

स्थानीय सरकारको मातहतमा रहेको पशु सेवा केन्द्रलाई वि स्तार गरेर प्रदेश सरकार अन्तरगत रहने गरी कृत्रिम गर्भाधान केन्द्रको रुपमा स्थापना गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए ।

उक्त केन्द्रवाट पशुचौपायाको कृत्रिम गर्भाधान सँगै उपचार समेत हुने उनको भनाइ छ । ‘केन्द्रबाट पशुचौपायको गाइनोकोजिकल उपचार, माइनर सर्जिकललगायतका अन्य उपचार निशुल्क हुन्छ,’ ठाकुरले भने, ‘यही ल्याउन सक्ने पशुहरुलाई यही उपचार गर्छौ नसक्नेको सोही ठाउँमा पुगेर सेवा दिन्छौं ।’

जिल्लाका अन्य स्थानीय तहमा पनि सेवा प्रदान गर्नका लागि सम्बन्धित स्थानीय तहका जटीएलाई तालिम उपलब्ध गराइने उनले बताए । सेवा प्रवाहका लागि हाल उक्त केन्द्रमा एक जना पशु सेवा प्राविधिक र केही ओडेसी कर्मचारी राखिएको छ ।



from Online Khabar http://bit.ly/2t0iC84
via IFTTT

No comments:

Post a Comment