Sunday, February 3, 2019

‘सरौतो’को घोषणा, मुख्य भूमिकामा सुमी र सन्नी

छायाकारको रुपमा परिचित हरि हुमागाईंको निर्देशनमा बन्ने चलचित्र ‘सरौतो’ निर्माणको आइतबार घोषणा गरिएको छ । चलचित्रमा सुमी मोक्तान र सन्नी सिंह मुख्य भूमिकामा रहेका छन् ।

निर्देशक हुमागाईंले आफ्नो छायांकनको लामो अनुभवलाई आधार मानेर चलचित्र निर्देशनमा डेब्यु गर्न लागेको बताए । उनले भने, ‘म अब भने चलचित्र निर्देशक गर्न सक्छु भन्ने आँट गरेर नै चलचित्र निर्देशनमा जुटेको हुँ ।’

श्री महर्जनले निर्माण गर्ने यस चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, अमिर गौतम, लियो ट्याङ, अरुणा कार्की, लगायतको अभिनय रहने छ । चलचित्रमा राजनराज शिवाकोटी, कोशिस क्षेत्री र कमल खत्रीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन रहने छ भने वितरणको जिम्मा गोपालकाजी कायस्थले लिएका छन् ।

चलचित्रको लागि डेढ वर्षदेखि मिहिनेत गरिरहेको नायिका सुमी मोक्तानले बताइन् । उनले भनिन्, ‘जब यो स्क्रिप्ट मेरो सामु आइपुग्यो तबदेखि मैले मिहिनेतका साथ ट्रेनिङहरु सुरु गरेको छु । पक्कै यस चलचित्रको क्यारेक्टरलाई मैले न्याय गर्नेछु ।’

त्यस्तै नायक सन्नीले पनि चलचित्रको विषयबस्तु राम्रो भएको र राम्रो चलचित्र बन्नेमा विश्वास व्यक्त गरे । उनले यस टिमसँग जोडिन पाउँदा निकै खुसी लागेको समेत बताए ।

माघ २२ बाट छायांकनमा जाने यस चलचित्रलाई काठमाडौं र बारामा खिचिने बताइएको छ ।



from Online Khabar http://bit.ly/2UAtRQc
via IFTTT

No comments:

Post a Comment