२१ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चौथो कार्यदल पनि पार्टी एकीकरण र संगठन संरचना टुंगो लगाउन असफल भएको छ ।
पुस मसान्तभित्र काम सक्ने म्याण्डेटसहित रामबहादुर थापा बादलको नेतृत्वमा गठित कार्यदलले माघ सकिनै लाग्दासमेत विधानबाहेक अन्य कुनै विषयमा सहमति जुटाउन सकेको छैन । सोमबार बसेको सचिवालय बैठकले जस्तो अवस्थामा छ, त्यही प्रतिवेदन भोलि बुझाउन कार्यदललाई निर्देशन दिएको छ ।
एक नेताले भने, ‘अब सचिवालयले टुंगो लगाउँछ र स्थायी किमिटीमा प्रस्ताव लैजान्छ ।’
कार्यदलमा संयोजक बादलसँगै महासचिव विष्णु पौडेलले प्रदेश कमिटी गठनको निर्णय फेरबदल नगर्ने अडान राखे पनि समस्या भएको सदस्यहरु बताउँछन् । थापा र पौडेलसँगै शंकर पोखरेल र रघुवीर महासेठ एक पक्षमा उभिएका छन् । कार्यदल सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई र वेदुराम भुसाल प्रदेश कमिटीका इन्चार्ज र सदस्यहरु नियुक्तिको निर्णय सच्याउनुपर्ने पक्षमा थिए । उनीहरु मुख्यमन्त्रीलाई प्रदेश इन्चार्ज बनाउने निर्णयको विपक्षमा छन् ।
वर्षमान पुन र लेखराज भट्टको धारणा प्रष्ट आएको छैन । यद्यपि उनीहरु कार्यदलबाटै पार्टी एकताका बाँकी काम टुंग्याएर स्थायी कमिटीमा प्रस्ताव लैजानुपर्ने पक्षमा रहेका थिए । तर कार्यदल संयोजक बादलले बैठक नै बोलाउन छाडेपछि कार्यदल औचित्यहीन बनेको एक सदस्यले बताएका छन् ।
from Online Khabar http://bit.ly/2SoArMk
via IFTTT
No comments:
Post a Comment