१८ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को शुक्रबार एकीकरण भएको छ । दुई पार्टी मिलेर बनेको नयाँ पार्टी राप्रपा संयुक्त को घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा नवगठित एकीकृत पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले रापैपाले मूलधार आफूहरु भएको दावी गरे ।
उनले भने ‘यो राप्रपाको मूलधार हो । मूलधारमा एकत्रित गर्न मलाई सहयोग गर्ने सम्पूर्ण साथी र सम्पूर्ण कार्यकर्तालाई धन्यवाद दिन्छु ।’
उनले सम्पूर्ण प्रजातन्त्रवादीहरु एक भई सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने पनि बताए । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले नयाँ अभियान सुरु गरेर सडक तताउनेछ ।
त्यसका लागि सहयोग पाउँ’ उनले भने । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अब हिन्दू राज्यका लागि आन्दोलन गर्ने बताए ।
from Online Khabar http://bit.ly/2SkWvay
via IFTTT
No comments:
Post a Comment