१८ माघ, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक प्रभावका कारण विद्यालय स्तरीय शिक्षा गुणस्तरीय हुन नसकेको बताएका छन् ।
नीति आयोग प्रदेश २ ले शुक्रबार जनकपुरमा गरेको विद्यालय स्तरीय शिक्षाको वर्तमान अवस्था तथा भविष्यको मार्गचित्र विषयक अन्तर्क्रिया कार्यक्रममा उनले सामुदायिक विद्यालयहरुमा राजनीतिक प्रभावले गुणस्तरीय शिक्षा दिन नसकेको धारणा राखेका हुन् ।
‘शिक्षकहरु पठन पाठनभन्दा राजनीतिक दलका नेताहरुमा बढी केन्द्रित छन्’, उनले भने ‘पठनपाठनमा केन्द्रित नभएसम्म शिक्षा स्तरीय हुँदैन ।’
सामुदायिक विद्यालयका शिक्षकहरु योग्य र सक्षम भए पनि गुणस्तरीय शिक्षा दिन नसक्नु आश्चर्यजनक भएको मुख्यमन्त्री राउतले बताए । ‘निजी विद्यालयहरुमा विद्यार्थी नियमित हुन्छ’, उनले भने ‘सामुदायिक विद्यालयमा जानै चाहदैन ।’
शिक्षकले इमान्दारीपूर्वक आफ्नो जिम्मेवार बहन नगरेसम्म सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन नसकिने तर्क उनले बताए ।
मुख्यमन्त्री राउतले संघीय सरकारले दुई तिहाईको दम्भमा गलत शिक्षा नीति अगाडि बढाइरहेको आरोप लगाए । प्रदेश सरकारले संविधानले दिएको अधिकारलाई टेकेर अगाडि बढने मुख्यमन्त्री राउतले स्पष्ट पारे । सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले मानव विकास सूचकांकमा प्रदेश २ पछि परेको तथ्य गलत भएको दावी गर्दै यसलाई पुनरावलोकन गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइरालाले प्रदेश २ को प्रस्तावित शैक्षिक मार्गचित्र विषयक कार्यपत्र प्रस्तुत गरे । उनले पाठयक्रमको खाका तयार गरेर अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिए । प्रा. डा. विनयकुमार कुसियतले वर्तमान शिक्षा नीति र प्रदेश २ को शिक्षाबारे कार्यपत्र प्रस्तुत गरे ।
from Online Khabar http://bit.ly/2GkgYWu
via IFTTT
No comments:
Post a Comment