२३ फागुन, काठमाडौं । काठमाडौंको बसन्तपुर, मख्खन टोलको एक घरमा लागेको आयोग डेढ घन्टापछि नियन्त्रणमा आएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्दार टोलीले केहीबेर अघि आगो नियन्त्रणमा लिएका हुन् । सिलिण्डर ग्यास पड्किएर आगोलागी भएको हुनसक्ने देखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले बताए ।
यद्यपि, आगोलागीको कारण र क्षतिको विवरण आइनसकेको लामाले अनलाइनखबरलाई बताए ।
‘डेढ घन्टापछि आगो नियन्त्रणमा आएको छ, थप अनुसन्धान गरिरहेका छौं’, उनले भने ।
from Online Khabar https://ift.tt/2UnmgEV
via IFTTT
No comments:
Post a Comment