Tuesday, March 5, 2019

चीनबाट गाई ल्याउने सरकारको तयारीको किसानले गरे बिरोध

२१ फागुन, चितवन । प्रदेश तीनसहित अन्य दुई प्रदेशले चीनबाट चार हजार गाई ल्याउने तयारी गरेपछि किसानहरुले विरोध गरेका छन् ।

नश्ल सुधारका लागि भन्दैं चीनबाट चार हजार गाई ल्याइने गरी गत शुक्रबार प्रदेश ३ सरकार र चीन सरकारसँग सम्झौता भएको छ ।

चाइना एकेडेमी कल्चरल मेकानाइजेसन साइन्स (क्याम्स) र प्रदेश ३ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबीच भएको सम्झौतालाई चितवनका दुध उत्पादक किसानहरुले किसान मारा काम भएको बताएका छन् ।

मिल्के होलिडेको मार झेलका किसानलाई थप पलायन गराउन चीनबाट कमिसन खाएर गाई ल्याउन लागिएको आरोप किसानहरुको छ । यही मिल्क होलिडे छ किसानहरुले दुध बेच्न सकेका छैनन् बाच्छीहरु भारत लग्ने गरिएको छ, किसानसमेत रहेका दुग्ध विकास बोर्डका सदस्य भागिरथ तिमिल्सिनाले भने, कसिमन खाने ध्याउन्नमा चीनबाट गाई ल्याउन खोजिएको हो ।

चीनबाट गाई ल्याएर मुठ्ठीभरका विचौलियाहरुलाई दिने र जीविकोपार्जन गरिरहेका किसानहरुलाई मार्ने काम गर्न खोजिएको बोर्डका सदस्य तिमिल्सिनाको भनाइ छ ।

चीनबाट गाई ल्याएर काभ्रेको कालिञ्चोक र चितवनमा केही व्यक्तिलाई दिन खोजिएको दावी तिमिल्सिनाको छ । पछिल्लो समयमा चितवनमा मिल्क होलिडे सुरु भएको छ । ‘एकातिर जनताले दूध खान नपाउने, अर्कोतिर किसानको दूध विक्री नहुने कारण के हो ? त्यसको खोजी सरकारले पहिला गर्ने कि गाई भित्राउने ?’ तिमिल्सिनाले प्रश्न गर्दै भने, ‘ पहिला उत्पादित किसानको दूधको उचित मूल्य र बिक्री वितरण होस्, कति बाच्छी चाहिन्छ व्यवस्था मिलाउँला ।’

सहमतिअनुसार चाइना सरकारले गाईमा आधारित डेरी सञ्चालनका लागि सहयोग गर्ने उल्लेख छ । चाइना सरकारले अहिले गरेको सम्झौता ८ बर्षसम्मका लागि लागू हुनेछ ।

चीन सरकारले नश्ल सुधार, घाँस खेती, दाना बनाउने प्रविधि, पशु स्वास्थ्य, डेरी सञ्चालन र दुग्ध जन्य पदार्थको बजारीकरणमा सहयोग गर्ने जनाएको छ ।

प्रदेशले गाई खरिदको सम्झौता गर्दा पशुसेवा विभागले भने विदेशबाट ल्याइएका गाईलाई यहाँ हावापानी र पोषण सन्तुलन नमिल्ने बताउँदै आएको छ । विगतमा विदेशबाट ल्याइएका गाईबाट लाभ नमिलेको विभागको भनाइ छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले चीनबाट ल्याउने गाई नेपालको हावापानी अनुकुल नहुने र त्यसले सरकारको लागनी यसै खेर जाने दावी गर्दछन् ।

उनको बुझाईमा चीनबाट ल्याउन लागि गाईमा कमिसनको खेल छ । नेपालमा नै अधिकत्तम १ लाख २० हजारसम्ममा गाई पाइने भन्दैं चीनबाट ल्याउने गाई धेरैं महंगो पर्ने सचिव बगालेले बताए । ‘चीनबाट गाई त आउँदैन यो त पक्का हो, तर प्रकृयामा नाममा पैसा खाने खेलोखेती मात्रैं गरिएको हो’ सचिव बगालेले भने ‘कमिसन खाने र जनता झुक्याउने दाउ मात्रैं हो ।’

नले चीनबाट नयाँ प्रविधि र सेक्स सिमेन ल्याउन सकिने बताए । प्रदेश नम्बर तीनको सरकारका अनुसार गाई कार्गोबाट सिधै विमानस्थल ल्याइने छ । उक्त गाईहरु पालनका लागि दोलखा र सिन्धुली छनोट गरिएको छ ।

परियोजना प्रदेश दुग्ध विकास बोर्डले सञ्चालन गर्ने छ । प्रदेश सभाबाट विद्ययक पास गरेपनि बोर्ड गठन गरेको छैन । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ ।

मन्त्री भन्छन् : बढी दूध दिने गाई ल्याउन खोज्दा किन बिरोध ?

प्रदेश नम्वर तीनका कृषि तथा भूमि व्यवस्थामन्त्री दावा दोर्जे लामाले चीन सरकारको अनुदानमा बढी दूध दिने गाई ल्याउन खोज्दा बिरोध गर्नुको कारण नबुझेको बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै मन्त्री लामाले नेपालमा दूधमा परनिर्भर रहेकोले आत्मनिर्भर बनाउन धेरै दुध दिने गाई ल्याउन लागिएको जिकिर गरे । ‘किसानको तहबाट बिरोध भएको छैन, डेरी सञ्चालकहरुको विरोध हो,’ मन्त्री लामाले भने, ‘विरोध के कुरामा हो भन्ने पनि हामीले बुझेका छौं ।’

यसरी ल्याइने गाईहरु किसानलाई कसरी दिने भन्ने बारेमा छलफलकै क्रममा रहेको मन्त्री लामाको भनाइ छ ।



from Online Khabar https://ift.tt/2ExEInS
via IFTTT

No comments:

Post a Comment