Tuesday, March 5, 2019

रोहितकुमार बने उदीयमान क्रिकेट खेलाडी

२१ फागुन, काठमाडौं । रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जितेका छन् ।

क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे ।

अवार्डसहित उनले ६६ हजार रुपैयाँ पाए ।

रोहितले माघ दोस्रो साता सचिन तेन्दुलकर र सहिद अफ्रिदीलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटरको कीर्तिमान बनाएका थिए ।

उनले १२ माघमा यूएईविरुद्ध ५४ रन बनाएका थिए ।



from Online Khabar https://ift.tt/2VC3BWo
via IFTTT

No comments:

Post a Comment