Tuesday, April 2, 2019

सिप्रदीयन सहायता संस्था र टाटा ट्रष्टको सहकार्यमा वलेफी बन्यो विद्यालय भवन

१९ चैत, काठमाडाैं । सिप्रदीयन सहायता संस्थाद्वारा टाटा ट्रस्ट र टाटा कम्युनिटी इनिसियटिभ ट्रष्टको वित्तीय सहयोगमा सिन्धुपाल्चोकको वलेफी गाउँपालिका-४  मा नवनिर्मित विद्यालय भवन हस्तान्तरण भएको छ ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा टाटा ट्रष्ट र टाटा कम्युनिटस् इनिसियटिभ ट्रष्टको वित्तीय सहयोगमा हालैमात्र निर्मित उक्त विद्यालय भवन हस्तान्तरण गरिएको हो ।

जालपादेवी माध्यमिक विद्यालयको उक्त नवनिर्मित भवन अत्याधुनिक भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री रहेको छ । १२ कोठे उक्त भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपाङ्गमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको उपस्थितिमा सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष शम्भु प्रसाद दाहाल, सिप्रदी कम्पनिजका सिईओ राजनबाबु श्रेष्ठ, सिओओ राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा टाटा मोर्टसका म्यानिफ्याक्चरिङ हेड (कर्पोरेट भेइकल विजनेस यूनीट) अजयलाल र टाटा ट्रष्टका सि.ओ.ओ. हरिस कृष्णस्वामीको उपस्थिमा उक्त विद्यालय भवन हस्तारण गरिएको छ ।

सो पुनर्निर्मित विद्यालयमा १२ वटा कक्षाहरु, लिङ्गभेदी, अपाङ्गमैत्री, सेवा सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरु उपलब्ध रहेका छन् । सो भवन पूर्ण रुपमा सुविधा तथा सामग्रीहरुले सुसज्जित भएको तथा भूकम्प निरोधक र अपाङ्गमैत्री प्रविधि सहित निर्माण गरिएको छ ।

टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा नेपाल अर्थक्युयिक रिह्याविटेसन ईनिसिएटिभ को समन्वयमा सातवटा बिद्यालय र स्वास्थ्य चौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ ।

श्री शारदा उच्च माध्यमिक विद्यालय र श्री जालपादेवी माध्यमिक विद्यालय निर्माण सम्पन्न भईसकेको छ भने अन्य बिद्यालयहरु क्रमश श्री कुपकन्या माध्यमिक बिद्यालय, श्री मार्मिङ आधारभूत बिद्यालय, श्री तपिनारायण आधारभुत विद्यालय, श्री जनज्योति आधारभुत विद्यालय, र पुल्पिङकट्टि स्वास्थ्यचौकिको पुनर्निमाण अन्तिम चरणमा पुगिसकेको छ ।

जसले गर्दा विद्यार्थी, शिक्षक र समुदायलाई दिगो रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास कम्पनीको छ ।



from Online Khabar https://ift.tt/2UdIVrt
via IFTTT

No comments:

Post a Comment