Thursday, April 18, 2019

वाइडबडी प्रकरणः अख्तियारले बयानमा बोलायो ५ विदेशी कम्पनी

५ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोले वाइडबडी प्रकरणबोरेको छानविनका लागि विमान खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीहरुलाई बयानका लागि बोलएको छ ।

दोस्रोपटक सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाई फ्लाइ एयरलाइन्स,र जर्मनीको नर्टन रेाज फुलब्राइट कम्पनीका प्रतिनित्रिधलाई बयानका लागि बोकाएको हो ।

बिहीबार सूचना जारी गर्दै अख्तियारले ७ दिनभित्र आफ्नो कार्यालयमा उपस्थित हुने भनेको छ । यदी तोकिएको समयीमाभित्र बयानका लागि नआए कानूनी रुपमा नै प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।

नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी विमानका ४ अर्ब भ्रष्टाचार भएको लेखा सकितिको प्रतिवेदनका आधारमा अख्तियारले छानविन गरिरहेको छ । यस क्रममा उसले खरिद प्रक्रियमा संलग्न निगमको सञ्चालक समितिका पूर्व पदाधिकारी, निगमका कर्मचारी लगायतसँग वयान लिएको छ।

अब अख्तियारले विमान खरिदमा विभिन्न किसिमबाट संलग्न भएका कम्पनीसाग पनि वयान लिन सुरु गरेको हो । निगमले विमान खरिदका लागि अमेरिकी एएआर कम्पनीलाई छनोट गरेको थियो ।

तर, सम्झौताका समयमा पहिल्यै नै विमान अर्डर गरिसकेको भनिएको हाई फ्लाइ पनि यो प्रक्रियमा संलग्न भयो । जसका कारण यो विमान खरिद प्रकराण्मा अनियमितता भएको आंश्का छ ।

संसदको लेखा समितिले भ्रष्टाचार भएको ठहर गर्दै थप अनुसन्धानका लागि अख्तियारलाई फाइल सुम्पिएको छ ।

नेपाल एयरलाइन्सले जहाज खरिदका लागि प्रस्ताव आह्वान गरेपछि आवेदक १० मध्ये सबैभन्दा नयाँ जहाज छ भनी कम मूल्य हाल्ने एएआर छनोट भएको थियो ।

तर, समझदारीपछि उसले आफूसँग जहाज नभएको बताएको थियो । एएआरले आफ्नो कन्सोर्टियम पार्टनरसँग विमान भएको भन्दै जर्मन एभिएसन क्यापिटल जीएमबीएम र हाई फ्लाई ट्रान्सपोर्ट एरियोज साझेदारका रुपमा देखाएको थियो ।

३ देशका फरक कम्पनीसँग काम गर्न जटिल हुने भन्दै हाई फ्लाई एक्स आयरल्यान्ड नामक स्पेशल पर्पोज कम्पनी आयरल्यान्डमा दर्ता गरिएको दावी यसअघिकै छानविनबाट खुलिसकेको छ ।

त्यसपछि मात्रै हाई फ्लाई एक्स आयरल्यान्डसँग नेपाल एयरलाइन्सले खरिद सम्झौता गरेर  एयरबसले हाई फ्लाई एयरलाइन्सलाई विमान बुझाएपछि विमान नेपाल आएको आशंका छ ।

खरिद सम्झौता हाई फ्लाई एक्स आयरल्यान्डसँग भए पनि जहाज हाई फ्लाई एयरलाइन्सले दिएका कारण आशंका उत्पन्न भएको दावी अख्तियार स्रोतको  छ ।



from Online Khabar http://bit.ly/2XktdrB
via IFTTT

No comments:

Post a Comment