Thursday, April 18, 2019

अर्थ मन्त्रालयको आग्रह : बजेट खर्च गर्न नसक्ने भए आत्मसमर्पण गर्नुस्

५ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले बजेट खर्च गर्न नसक्ने भए आत्मसमर्पण गरिहाल्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले बजेट खर्च गर्न नसक्ने अवस्था देखिएको भन्दै अर्थले नसक्ने भए अहिले नै आत्मसमर्पण गरिहाल्न आग्रह गरेको हो ।

बजेट खर्च चाँडै गर्न र गर्न नसक्ने भए सरेन्डर गरिहाल्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको एक सहसचिवले जानकारी दिए ।

‘सरेन्डर गर्न आग्रह गर्ने निर्णय बुधबार नै भइसकेको छ, आजै सबै मन्त्रालयहरुलाई चिठी पठाइनेछ’ उनले भने ।



from Online Khabar http://bit.ly/2ItifN5
via IFTTT

No comments:

Post a Comment