आचार्य चाणक्य एक यस्ता महान विभूति थिए, जसले आफ्नो विद्धता, बुद्धिमता र क्षमताको बलमा प्रभाव कायम गरेका थिए । मौर्य साम्राज्यका संस्थापक चाणक्य कुशल राजनीतिज्ञ, चतुर कुटनीतिज्ञ, प्रकाण्ड अर्थशास्त्रीको रुपमा पनि विश्वविख्यात भए ।
यतिका सताब्दी गुजि्रसक्दा पनि चाणक्यले बताएको सिद्धान्त र नीति प्रासंगिक छ । किनभने उनले आफ्नो गहन अध्ययन, चिन्तन र जीवानुभवबाट आर्जित अमूल्य ज्ञानलाई पूर्ण रुपमा निस्वार्थ भावले मानव कल्याणका लागि अभिव्यक्त गरेका थिए ।
चाणक्य नीति
आचार्य चाणक्यको नीति अद्भूत संग्रह हो, जुन आज पनि उत्तिकै प्रासंगिक छ । चाणक्य नीतिमा मित्र-भेददेखि लिएर सत्रुसम्मको पहिचान, पति-परायण तथा चरित्रहीन स्त्रीमा विभेद, राजाको कर्तव्य र जनताको अधिकार तथा वर्ण व्यवस्थाको उचित निदान वताइएको छ । महापण्डित आचार्य चाणक्याको ‘चाणक्य नीति’मा कुल सत्र अध्याय छ ।
– जुन व्यक्ति शास्त्रको सूत्र अभ्यास गरेर ज्ञान ग्रहण गर्छन्, उनलाई अत्यान्त वैभवशाली कर्तव्यको शिद्धान्त ज्ञात हुन्छ ।
– एक पण्डित (विद्वान) पनि घोर कष्टमा पर्छन, यदि उनले मूर्खलाई उपदेश दिन्छन् ।
– मेहनत गर्नाले दरिद्रता रहँदैन । धर्म गर्नाले पाप रहँदैन । मौन रहनाले कलह हुँदैन । र, जागरुक रहँदा भय हुँदैन ।
– मानिसले संभावित समस्याबाट पार पाउनका लागि धन संचय गर्नुपर्छ । उनले धन-सम्पदा त्यागेर पनि श्रीमतीको सुरक्षा गर्नुपर्छ ।
– त्यहाँ नजानु, जहाँ तिम्रो इज्वत हुँदैन । त्यहाँ नबस्नु जहाँ तिम्रो रोजगारी छैन ।
– झुट बोल्नु, कठोरता, छल गर्नु, मुर्खता गर्नु, लोभ गर्नु, अपवित्रता र निर्दयिता । यी मानिसको केही नैसर्गिक दुर्गुण हो ।
– भोजनको योग्य पदार्थ र भोजन गर्ने क्षमता, पर्याप्त धनराशी र दान दिने भावना । सुन्दर श्रीमती र कामशक्ति । यस्तो संयोग हुनु सामान्य तपको फल होइन ।
– मनमा सोचेको कुरा कसैलाई प्रकट नगरौं । बरु, मनन गरेर त्यस सोंचलाई काममा परिणत गरौं ।
– मूर्खता दुखदायी छ, जवानी पनि दुखदायी छ । यो भन्दा पनि दुखदायी कुरा कोही अर्काको घरमा गएर उनको साहनुभूति लिनु ।
– हरेक पर्वतमा माणिक्य हुँदैन । हरेक हात्तीको शीरमा मणी हुँदैन । हरेक वनमा चन्दनको वृक्ष हुँदैन । यसैगरी सबै ठाउँमा सज्जन पुरुष पनि हुँदैन ।
– बुद्धिमान पिताले आफ्नो पुत्रलाई शुभ गुण सिकाउनुपर्छ । किनभने नीतिज्ञ र ज्ञानी व्यक्ति नै कुलमा पूज्य हुन्छ ।
– जुन माता पिताले आफ्ना बच्चालाई शिक्षा दिदैन, ति मातापिता बच्चाको सत्रू समान हो । किनभने विद्याहिन बालक विद्वानका माझ त्यसरी नै तिरस्कृत हुन्छन्, जसरी हाँसको वथानमा वकुला ।
– लाडप्यारले बच्चामा गलत बानीको विकास हुन्छ, उनलाई कडा शिक्षा दिनाले राम्रो बानीको विकास हुन्छ ।
– मानिसको कुलको ख्याती उसको आचरणमा देखिन्छ ।
– कोइलीको सुन्दरता उनको गायनमा हुन्छ । महिलाको सुन्दरता परिवारप्रतिको समर्पणमा हुन्छ । मान्छेको सुन्दरता उनको ज्ञानमा हुन्छ । तपस्वीको सुन्दरता उनको क्षमाशीलतामा हुन्छ ।
– पाँच बर्षसम्मको पुत्रलाई प्रेमले हुर्काउनुपर्छ । दश वर्षसम्म उनलाई कडा नियन्त्रणमा राखनुपर्छ । जब १६ बर्षको हुन्छ, तब मित्रको जस्तो व्यवहार गर्नुपर्छ ।
– संसार एक तितो वृक्ष हो, जसको दुई फल मात्र मीठो हुन्छ, एक मधुर वाणी । दोस्रो सज्जनको संगत ।
– जुन व्यक्तिको पुत्र उनको नियन्त्रणमा हुन्छ, जसकी श्रीमती आज्ञा अनुसार आचरण गर्छन् र जसले आफुले कमाएको धनबाट पूर्ण सन्तुष्ट रहन्छन् । यस्ता मानिसका लागि संसार स्वर्ग समान हो ।
– त्यही गृहस्थी सुखी हो, जसको सन्तान उनको आज्ञा पालन गर्छ । पिताको पनि कर्तव्य हो कि उनले पुत्रलाई राम्ररी पालनपोषण गरेको होस् ।
– यस्ता मित्र मित्र होइनन्, जसमाथि विश्वास गर्न सकिदैन । यस्ती श्रीमती व्यर्थ हुन्, जसबाट कुनै प्रकारको सुख मिल्दैन ।
– जो मित्र आफ्नो अगाडि चिल्लोचाप्लो कुरा गर्छ, पींठ पछाडि नराम्रो कुरा गर्छ, त्यसलाई त्याग दिनु भलाई छ ।
from Online Khabar https://ift.tt/32fjeXI
via IFTTT
No comments:
Post a Comment