Thursday, July 4, 2019

नेदरल्यान्ड्स महिला विश्वकपको फाइनलमा प्रवेश

१९ असार, काठमाडौं । नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब नेदरल्यान्ड्सले उपाधिका लागि आइतबार अमेरिकासँग खेल्नेछ ।

बुधबार राति भएको खेलमा स्वीडेनलाई १-० गोलको कठिन जित निकाल्दै नेदरल्यान्ड्स विश्वकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको हो । नेदरल्यान्ड्सकी ज्याकी ग्रोइनले गोल गरिन् ।

निर्धारित ९० मिनेटसम्ममा दुवै टिमले गोलरहित बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । ९९ औं मिनेटमा ग्रोइनले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएकी थिइन् । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि नेदरल्यान्ड्सले जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।



from Online Khabar https://ift.tt/2NFUdBE
via IFTTT

No comments:

Post a Comment