१९ असार, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । विषयवस्तुको उठानमा विविधता भए पनि अधिकांशले अनियमितता र बेथितिमाथि मुख्य समाचार लेखेका छन् ।
मेलम्चीमा सोझै ठेक्का दिएर एक अर्ब घोटाला भएको निचोड अन्नपूर्णले निकालेको छ । डेढ अर्बमा सकिने काम भए पनि दुई अर्ब ६३ करोड रुपैयाँमा ठेक्का दिइएको भन्दै उसले यसलाई गम्भीरतापूर्वक लिन सबैमा आग्रह गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का इटालियन कम्पनी सीएमसीलाई दिइएको थियो । सीएमसीले काम अधुरै छाडेर हिँडेपछि बाँकी कामका लागि मन्त्रिपरिषद्ले बिनाप्रतिष्पर्धा ठेक्का दिने निर्णय गरेको थियो ।
‘तीन प्रतिशत कामका लागि आयोजनाले मन्त्रिपरिषद्बाट दुई अर्ब ६३ करोड रुपैयाँमा बिनाप्रतिस्पर्धा ठेक्का दिने निर्णय गरेको थियो । जबकि, सीएमसीले त्यही काम एक अर्ब ५५ करोड रुपैयाँमा गर्न लागेको थियो । यसरी डेढ अर्ब रुपैयाँमा सकिने कामलाई दुई अर्ब ६३ करोड रुपैयाँ ठेक्का लगाएर एक अर्ब आठ करोड रुपैयाँ गोलमाल गरिएको छ’, अन्नपूर्णमा विकास थापाले लेखेका छन् ।
संघीय संसद्का सांसद्ले दसैंभत्ता मागेको अर्को खबर पनि अन्नपूर्णमा छ । जनताबाट चुनिएका सांसदले मासिक पारिश्रमिक त लिएकै छन् । कर्मचारी भत्ता देखेर लोभिएका सांसदले हुँदाहुँदा आफूले पनि भत्ता पाउनुपर्ने माग गरेका हुन् ।
‘सबै निकुञ्जभित्र रिसोर्ट’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । तराईका राष्ट्रिय निकुञ्ज वा आरक्षणमा पाल टाँगेर तथा पहाडी र हिमाली क्षेत्रमा स्थायी पूर्वाधार बनाएर होटल तथा रिसोर्ट चलाउने तयारी भइरहेको दाबी कान्तिपुरले गरेको छ ।
शिवपुरी–नागार्जुन किुञ्जमा सफारी र केबलकार सञ्चालन खुलाउने तयारीको सबैतिरबाट विरोध भइरहेका बेला सरकारले देशैभरका राष्ट्रिय निकुञ्ज, आरक्षण वा संरक्षण क्षेत्रभित्र केबलकार र रिसोर्टसहितको पर्यटकीय सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई जिम्मा दिने गरी कानुनी बोटो खोल्न लागेको छ ।
कान्तिपुरका अनुसार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा निकुञ्ज, आरक्षण वा संरक्षण क्षेत्रभित्र १० देखि २० वर्षसम्म केबलकार र रोपवेसहित होटल, रिसोर्ट, लजलगायतका पूर्वाधार खडा गरी पर्यटकीय सेवा सञ्चालन गर्न दिनेगरी ‘संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमन गर्नेसम्बन्धी कार्यविधि ल्याउन लागिएको हो ।
६ वर्षअघि भारत गएका कञ्चनपुरका एक युवा युवती बनेर घर फर्केको खबरलाई पनि कान्तिपुरले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ । कृष्णपुर नगरपालिका–१, दोमिल्लाका सुरेन्द्र माल प्रियंका बनेर घर फर्किएका हुन् । यो देखेर गाउँले अचम्मित भउका छन् ।
समाचार अनुसार भारत पस्दा उनी १८ वर्षका थिए । २ वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो । सुरेन्द्रका अनुसार मरेठ बस्ने इलियास नामका व्यक्तिले उनको लिंग काटेका हुन् । त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन, नाच्न लगाइएको थियो । रेलवे स्टेसन र बसपार्कमा माग्न लगाएका थिए । इलियासले नै उनको सबै कमाइ खान्छन् ।
‘मागेर ४०–५० हजार हुन्थ्यो । त्यो सबै उसैले लैजान्थ्यो’, न्याय माग्दै मंगलबार जिल्ला प्रहरी कार्यालय पुगेका सुरेन्द्रले कान्तिपुरसँग भनेका छन्, ‘मलाई माग्ने बनाउनकै लागि लिंग काटेर फाल्न लगाइयो ।’
नयाँ पत्रिकाले त्रिवि सेवा आयोगभित्रको अनियमिततामाथि मुख्य समाचार बनाएको छ । समाचार अनुसार योग्यको अंक घटाएर अयोग्यकोमा थप्नेसम्मका काम भएका छन् । शाखा अधिकृतको परीक्षामा कुनै परीक्षार्थीको ३३ अंकसम्म थपिएको छ । यति मात्रै होयन, यतिले पनि नपुगेर प्रतिस्पर्धीको १४ अंकसम्म घटाइउको छ । लेखा अधिकृतमा पास गराउन २ देखि १० अंकसम्म थपिएको छ ।
सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको खबर नागरिकमा छ । नागरिकका अनुसार, भारतले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाव दिएको छ ।

from Online Khabar https://ift.tt/2xsWXHN
via IFTTT
No comments:
Post a Comment