प्रकृतिले किन फलफूलमा धेरैथरी रंग दिएका होलान् ? सुन्तला पहेंलो हुन्छ, स्याउ रातो । प्रकृतिले सागसब्जीमा किन अनेकथरी रंग दिएको होलान् ? कुनै हरियो हुन्छ, कुनै बैजनी ।
प्रकृतिले हाम्रो खानेकुरामा थरीथरीको रंग दिएको छ । खास कुरा त के भने प्रकृतिमा जसरी सात रंग हुन्छ, हामीले खाने फलफूल, सागसब्जी आदिमा पनि सात रंग हुन्छ । साथै यी सात रंग हुनुको पनि खास अर्थ छ । अर्थात रंगसँग त्यसको गुण पनि समावेश छ ।
पहेंलो र सुन्तला रंग
हामीले खाने फलफूलहरु प्रायः पहेंलो तथा सुन्तले रंगमा उपलब्ध हुन्छन् । त्यस्ता फलफूल तथा सागसब्जीमा पाइने अल्फा केरोटिन, बीटा केरोटिन, भिटामिन सी, बायो फ्लेबोनाइड आदि तत्वले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछन् । यसले छालालाई स्वस्थ र जवान बनाइ राख्न सहयोग पुर्याउँछन् ।
यसका साथै ति तत्वले फोक्सोलाई बलियो मजबुत बनाउँछन् भने मुटु सम्बन्धि रोगको सम्भावनालाई घटाउँछन् । तीनले रतन्धोमा समेत फाइदा पुर्याउने एउटा अध्ययनले देखाएको छ । पहेंलो तथा सुन्तला रंगका खाद्यपदार्थहरुमा सुन्तला, कागती, आँप, नासपाती, पीच, मेवा, एपि्रकोट, गाँजर, पहेंलो टमाटर, पहेंलो सिमला खुर्सानी, खरबुजा, मकै आदि पर्दछन् ।
हरियो रंग
प्रँचिन कालदेखि नै बोटबिरुवाको प्रयोग औषधीका रुपमा गरिंदै आएको पाइन्छ । बोटबिरुवाले हामीलाई स्वस्थ र मजबुत रहन सहयोग गर्छ । हरियो रंगका फलफूल तथा सागसब्जीमा पाइने सल्फोराफिन, आईसोथायोसानेट, इन्डोल, ल्यूटिन जस्तै न्युटि्रएन्ट्सले आँखाको ज्योती बढाउने गर्दछ ।
दाँत र हड्डी बलियो बनाउँछ । हरियो सागपात नियमित सेवन गर्नाले शरीरमा अत्यधिक मात्रामा भिटामिन ए, बी कम्प्लेक्स, सीका साथै क्याल्सियमको कमी पनि पूरा हुने गर्दछ । हरियो सागपात, बन्दागोभी, बोडी,भटमास, ब्रोकाउली, हरियो प्याज, हरियो मटर, नासपाती, हरियो अंगुर, हरियो स्याउ यो वर्गमा पर्दछन् ।
रातो रंग
रातो रंगका फल तथा सब्जीमा लाइकोपेन र एन्थोसायनिन पाइन्छ । यी तत्वहरु स्मरणशक्ति बढाउन र क्यान्सरको सम्भावना कम गर्नमा फलदायी मानिन्छन् । यसका साथै यसबाट शरीरमा इनर्जीको स्तर पनि बढ्छ । जसबाट हामी दिनभरी स्फूर्तीका साथ रहन सक्छौं । रातो रंगको फल र सब्जी जस्तै टमाटर, रातो अंगुर, गाँजर, स्ट्रबेरी, तरबुजा, रातो खुर्सानी, चेरी, स्याऊ, अनार खाद्य पदार्थ यो वर्गमा पर्दछ ।
सेतो रंग
सेतो रंगका फल र सागसब्जीमा पाइने एलीसीन, फ्लेबोनाइड आदि न्युटि्रएन्ट्सले कोलेस्ट्रोल लेभललाई कम गर्ने गर्दछ । मुटुलाई स्वस्थ राख्ने गर्दछ । क्यान्सर अथवा ट्युमर हुने सम्भावनालाई कम गर्ने गर्दछ । सेतो रंगका खँद्य पदार्थहरुमा केरा, मुला, च्याउ, काउली, आलु, सेतो प्याज, लसुन आदि पर्दछन् ।
नीलो तथा बैजनी रंग
नीलो तथा बैजनी रंगका फलफूल तथा सागसब्जीमा पाइने एन्थोसायनिनले छालालाई स्वस्थ र जवान बनाइ राख्दछ । यीनले मुटुलाई समेत मजबुत बनाउने गर्दछ भने क्यान्सर हुने सम्भावनालाई पनि कम गर्दछ । नीलो तथा पर्पल रंगका खाद्य पदार्थहरुमा आलुबखडा, पर्पल अंगुर, ब्ल्याक बेरी, ब्लू बेरी, पर्पल बन्दागोभी, भेन्टा आदि पर्दछन् ।
from Online Khabar https://ift.tt/2YUWmOj
via IFTTT
No comments:
Post a Comment