Sunday, August 11, 2019

एथ्लेटिको मड्रिडसँग युभेन्टस पराजित

२६ साउन, काठमाडौं । एथ्लेटिको मड्रिडले इन्टरनेसनल च्याम्पियन्स कपमा युभेन्टसलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले युभेन्टसलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको जितमा जोओ फेलिक्स र थोमस लेमारले समान १–१ गोल गरे । त्यस्तै, सामी खेडिराले युभेन्टसका लागि एक गोल गरेका थिए ।

२४ औं मिनेटमा फेलिक्सले गोल गरेपछि एथ्लेटिको मड्रिडले सुरुवाती अग्रता बनायो । २९ औं मिनेटमा युभेन्टसका खेडिरा गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आएको थियो । फेरि खेलको ३३ औं मिनेटमा गोल गर्दै एथ्लेटिको मड्रिडले २–१ गोलको अग्रता लियो । यो पटक भने फेलिक्सले गोल गरेका थिए ।

पहिलो हाफमा २–१ गोलको अग्रता लिएका एथ्लेटिको मड्रिडले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।



from Online Khabar https://ift.tt/2KDm7d3
via IFTTT

No comments:

Post a Comment