२६ साउन, काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध रहेको टिम विनिपेग हवक्स ग्लोबल टी–२० क्यानाडा लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको प्ले अफको दोस्रो क्वालिफायरमा विनिपेग हवक्सले ब्राम्पटोन वोल्भसलाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । अब उपाधिका लागि विनिपेगले भेनकाउभर नाइट्ससँग प्रतिस्पर्धा गर्नेछ ।
२०१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको विनिपेगले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । विनिपेगको जितमा जेपी डुमिनीले अविजित ५० रन बनाए । त्यस्तै, शाइमन अनवारले २३ बलमा ५२ रन बनाउँदै जित दिलाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्राम्पटोन वोल्भसले निर्धारित २० ओभरमा सात विकेटको क्षतिम २०० रन बनाएको थियो ।
from Online Khabar https://ift.tt/33lHecp
via IFTTT
No comments:
Post a Comment