Saturday, August 17, 2019

पहिलो खेलमै हार्‍यो बार्सिलोना

३२ साउन, काठमाडौं । च्याम्पियन बार्सिलोनाले ला लिगाको पहिलो खेलमा नै हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओले बार्सिलोनामाथि १-० को जित निकालेको हो ।

बिल्बाओको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना लिओनल मेस्सी विना मैदान उत्रिएको थियो । फिलिप काउटिन्हो पनि खेलेका थिएनन्, जो बार्यन म्युनिख जाने सम्भावना छ ।

बल पोजिसन राम्रो भएपनि फिक्का प्रदर्शन गरेको बार्सिलोनालाई सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका अडुरिजले दण्डित गरे । उनले ८९ औं मिनेटमा गोल गरेका थिए ।

यसअघि बार्सिलोनाका फरवार्ड लुइस स्वरेजसँगै राफिन्हाको प्रहार बारमा लागेको थियो । चोटका कारण स्वारेजले ३७ औं मिनेटमा मैदान छाडेपछि राफिन्हा मैदान प्रवेश गरेका थिए ।



from Online Khabar https://ift.tt/30d1w5E
via IFTTT

No comments:

Post a Comment