Saturday, August 17, 2019

सामान्य विवादमा श्रीमतीको हत्या

३२ साउन, पर्सा । पर्साको कालिकामाई–५ मा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ३५ वर्षीया संगीतादेवी कुर्मीको  हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्ति नारायण राउत कुर्मीको खाजी भइरहेको छ ।

नारायणले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले भने, ‘सामान्य घरायसी झगडामा नारायणले दाउले श्रीमतीको घाँटीमा प्रहार गरेको देखिएको छ ।’

प्रहरीका अनुसार घटना भएको वेला ३ जना छोराछोरी साथमै थिए । ‘हामीले मनोविश्लेषक बोलाएर उनीहरुसँग पनि सोधपुछ गर्ने तयारी गरिरहेका छौं’, सिंहले अनलाइनखबरसँग भने ।

कुर्मीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/31GGAo4
via IFTTT

No comments:

Post a Comment