Sunday, October 20, 2019

रोनाल्डोको गोलमा युभेन्टसको जित

३ कात्तिक, काठमाडौं । डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरी ए फुटबलमा जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालाई २–१ गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनल्डो र मिरालेम पिजानिकले गोल गरे । यता, बोलोग्नाको लागि ड्यानिलोले गोल गरे ।

खेलको १९ मिनेटमा नै रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर खेलको २६औं मिनेटमा ड्यानिलोले गोल गर्दै बोलोग्नालाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको युभेन्टसले खेलको ५४औं मिनेटमा पिजानिकको गोलबाट जित हात पारेको हो ।



from Online Khabar https://ift.tt/2J5Cqz7
via IFTTT

No comments:

Post a Comment