Sunday, October 20, 2019

मालोर्कासँग हार्‍यो रियल मड्रिड

३ कात्तिक, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा नयाँ टिम मालोर्कासँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा मालोर्काले रियललाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको सातौं मिनेटमा नै लोगो जुनियरले गोल गर्दै मालोर्कालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलले पछि परेको रियलले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि गोल गर्न सकेन । बरु रियलका डिफेन्डर अल्भारो ओड्रिओजोला दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खादै मैदानबाट आउट भए ।

शनिबार राति नै भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेल्दा गेटाफेले लेगानेसलाई २–० गोलले पराजित गरेको छ ।



from Online Khabar https://ift.tt/35O19Sh
via IFTTT

No comments:

Post a Comment