Tuesday, January 29, 2019

सत्तारुढ दलकै विद्यार्थीले बन्द गराए कन्चनपुर

१५ माघ, कन्चनपुर । महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका पक्की संरचना भत्काउनुपर्ने माग राख्दै मंगलबारदेखि अनिश्चितकालीन कञ्चनपुर बन्द घोषणा गरिएको छ ।

अवैध लिजविरुद्व चरणबद्व आन्दोलनमा उत्रिएका युवा विद्यार्थी संगठनले गरेको कञ्चनपुर बन्दका कारण सदुरमुकाम महेन्ऽनगर बिहानैदेखि ठप्प छ ।

बन्द कर्ताहरुले बजार व्यवसाय, विद्यालय, सरकारी कार्यालय ठप्प पारेका छन् भने सवारीसाधनसमेत चल्न दिएका छैनन् ।

आन्दोलनरत विद्यार्थीहरु बिहानैदेखि सडकमा उत्रिएर बन्द गराउँदै हिँडेका छन् उनीहरुले सार्वजनिक तथा निजी सवारीसाधनको साँचोसमेत थुतेर लगेका छन् ।

अनिश्चितकालीन बन्द आहृवान गरिएपछि बिहानैदेखि महेन्ऽनगरको जनजीवन प्रभावित भएको छ ।

अत्यावश्यक काममा हिँडेका सर्वसाधारण तथा विभिन्न क्षेत्रबाट आएका मानिस बन्दका कारण बीच बाटोमा नै अलपत्र परेका छन् ।

‘हामीले एक महिनादेखि आन्दोलन गरेर सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हौं,’ अनेरास्ववीयु कञ्चनपुरका अध्यक्ष ओम वस्नेतले भने,’अहिलेसम्म पनि माग पूरा गर्नेतर्फ राज्यका निकायले ध्यान नदिएपछि आमहड्ताल गर्न वाध्य भएका हौं ।’

एक महिना अघिदेखि नै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदासमेत नसुनेपछि बाध्य भएर बन्दको कार्यक्रम गर्नु परेको अनेरास्ववीयु कञ्चनपुरका अध्यक्ष ओम बस्नेतले बताए ।

त्यस्तै साँझसम्म पनि अवैध लिज भत्काउने विषयमा राज्य गम्भीर नभए आमहड्ताल कायमै रहने अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्ऽराज विष्टले बताए ।

जिल्ला प्रशासन कार्यालय कन्चनपुरले सदरमुकाम क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

नगर विकास समितिको स्वामित्वमा रहेको जमीनको अवैध लिज खारेजी, मापदण्ड विपरीत निर्माण गरिएका संरचना भत्काउनुपर्ने, कानुनी प्रक्रिया नपुर्‍याइ आफूखुसी जग्गा लिजमा दिने नगर विकास समितिका पदाधिकारी र कर्मचारीलाई कारबाही तथा सार्वजनिक जमीनमा भइरहेको अतिक्रमण रोक्नुपर्ने आन्दोलनरत युवा विद्यार्थीले आवाज उठाई रहेका छन् ।

महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको बजार क्षेत्रको जमीन अध्यक्षहरुले तोक आदेश दिएर करिब १ सय ४३ संस्था र व्यक्तिलाई जमिन लिजमा दिएकोे छ ।



from Online Khabar http://bit.ly/2G98B0e
via IFTTT

No comments:

Post a Comment