Sunday, January 27, 2019

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा माघ १६ गते

१३ माघ, काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको १६ माघमा घोषणा गरिने भएको छ । राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रंगशालाको औपचारिक घोषणा हुने भएको हो ।

सोही कार्यक्रममा महानगरपालिका र फाउन्डेसनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला भरतपुर महानगरपालिका–१५ मा बन्न लागेको हो । भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ ।



from Online Khabar http://bit.ly/2RhLHpg
via IFTTT

No comments:

Post a Comment