Tuesday, January 29, 2019

राणा र लोहनी राप्रपाको एकता हुँदै

१५ माघ, काठमाडौं । पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकिकरण हुने भएको छ । १८ माघमा राजधानीमा एकता घोषणा गरिने राप्रपा प्रजातान्त्रिक स्रोतले जानकारी दिएको छ ।

एकता अन्तिम चरणमा पुगेको राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचरण लोहनीले जानकारी दिए । उनले भने, ‘हाम्रो एकता प्रक्रिया लगभग टुँङ्गएिको छ ।’

कमल थापा नेतृत्वको राप्रपासँगको एकता अन्तिम समयमा भाँडिएपछि दुई पार्टी एक हुन लागेको हो ।

२०७४ को निर्वाचनमा राप्रपा प्रजातान्त्रिले ८८ हजार ३७७ र राप्रप्रा राष्ट्रवादीले २८ हजार ८२८ मत प्राप्त गरेको थियो ।



from Online Khabar http://bit.ly/2FU7hik
via IFTTT

No comments:

Post a Comment